कोहलपुरकाे नबिल बैंक शाखामा आगलागी « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Tue Nov 29 2022


कोहलपुरकाे नबिल बैंक शाखामा आगलागी


2.067k
Shares

काठमाडौं । बाँकेस्थित कोहलपुरकाे नबिल बैंक शाखामा आगलागी भएको छ ।

कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ ।

घरको दोस्रो तलामा आगलागी भएको हो । बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरले आज बिहान ५ः२५ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जानकारी दिनुभयाे ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।