भक्तपुर । भक्तपुर सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिर आज भक्तजनहरुका लागि खुल्ला गरिएको छ । मंगलबार महाशिवरात्री पर्व परेकाले बिहानैदेखि भक्तजनका लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बालहरि चालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार यो मन्दिर भक्तजनहरुका लागि अक्षय तृतीया, भदौ ६ गते र शिवरात्रीका दिन…