ऐतिहासिक सत्तल र खुल्ला स्थान मासेर वडा कार्यालय नबनाउन माग, महानगरमा ज्ञापन पत्र « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


ऐतिहासिक सत्तल र खुल्ला स्थान मासेर वडा कार्यालय नबनाउन माग, महानगरमा ज्ञापन पत्र


728
Shares

काठमाडौं । पुरातात्विक र ऐतिहासिक महत्वको छुस्याबहालको भाग बय्लाछी सत्तलमा २७ वडा कार्यालय भवन नबनाउन माग गर्दे स्थानीयले काठमाडौं महानगरपालिमामा ज्ञापन पत्र बुझाएका छन् ।

गत माग २३ गते स्थानीयलाई जानकारी नै नगराई सत्तल र सार्वजनिक खुल्ला जग्गा मासेर २७ वडा कार्यालयको व्यापारीक भवन बनाउन मेयर र उपमेयरले शिलान्यास गरेका थिए ।

ईमेज च्यानलले समाचार सम्प्रेषण गरेपछि पुरातत्व विभागले समेत काम रोक्न निर्देशन दिएको छ । तर, महानगरले अटेर गरेपछि काम रोक्न स्थानीय अग्रसर भएका हुन् । उनीहरु वडा कार्यालय गएर निवेदन बुझाउन जाँदा निवेदन नै दर्ता नगरी दुव्र्यवहार गरिएको स्थानीयले बताएका छन् ।

वडाले दर्ता गर्न नमानेपछि संस्कृति अभियन्ता र छुस्याबहालका सदस्यहरु ज्ञापनपत्र लिएर महानगर पुगेका हुन् । ज्याठा क्षेत्रमा खुल्ला स्थान नै नभएको अवस्थामा साघुँरो ठाउँमा वडा कार्यालय भवन बन्दा पार्किङको ठूलो समस्या हुने स्थानीयको भनाइ छ ।

सार्वजनिक स्थान छुस्याबहालकै स्वामित्वमा रहेकोे प्रमाण बहालभित्र सुरक्षित रहेको र जग्गाधनीको नाम नरहेको कित्ता नम्बर २१ सय ३१ को सार्वजनिक खाली जग्गामा कानून विपरीत भवन बनाउन लागेको प्रति स्थानीय रुष्ट छन् ।