नवलपरासी । बुद्धको जन्मस्थल लुम्बिनीबाट शुरु भएको धम्मयात्रा बुद्धको अस्तुधातु रहेको रामग्राम स्तूपमा पुगेर सकिएको छ । शनिबार लुम्बिनीबाट सुरु भएको एक हजार दुई सय पचास जना श्रामणेर ‘अल्पकालीन’ भिक्षुहरुको धम्मयात्रा नवलपरासीको रामग्राम स्तूपमा पुगेर दीप प्रज्वलनसहित सकिएको हो । रामग्राम स्तूप बुद्धको एक मात्र सिंगो अस्तुधातु रहेको स्थान हो । अखिल नेपाल भिक्षु महासंघ…