Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


आज बालाजुको बाइसधारामा मेला

काठमाडौँ । आज बालाजुको बाइसधारामा मेला लागेको छ । चैत शुक्ल पूर्णिमामा लाग्ने मेलामा स्नान गर्न भक्तजनको भीड लागेको छ । बाइसधारामा स्नान गरेमा मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने विश्वास रहेको छ । मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए भने पछि राजा रणबहादुर शाहले एउटा धारा थपेर…