काठमाडौं । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु भएको छ । बुधबार प्रतिपदा तिथि परेको छ । आज प्रतिपदा (परेवा) तिथिको श्राद्ध गरेपछि सोह्र श्राद्ध शुरु हुन्छ । आज पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहने र त्यसपछि प्रतिपदा तिथि लाग्ने भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत भएका…