काठमाडौं । मधेश प्रदेशमा चालु आर्थिक वर्षको नौ महिनामा नक्कली नोट कारोबारका ३१ वटा घटना दर्ता भएका छन् । सबैभन्दा बढी रौतहटमा ११, सर्लाहीमा ६, सिरहामा ४, पर्सा र महोत्तरीमा ३–३, बारामा २ र धनुषा तथा सप्तरीमा १–१ वटा घटना रहेका छन् । ती घटनामा ३५ जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ ।…