धनकुटा, मंसिर २ । धनकुटाको महालक्ष्मी नगरपालिकाले उज्यालो नगर अभियान सुरु गरेको छ । महालक्ष्मी नगरपालिका–४ चानुवाका बिपन्न परिवारलाई सोलार वितरण गरेर नगरका हरेक घरलाई उज्यालो अभियान सुरु गरेको हो । महालक्ष्मी नगरपालिकाका मेयर पर्शूराम नेपालले आर्थिक अभाव र भौगोलिक विकटताका कारण बिजुलीबत्ती बाल्न नपाएका बिपन्न परिवारलाई लक्षित गरी उज्यालो नगर अभियान सुरु गरिएको बताउनुभयो…