सोलुखुम्बु, मंसिर २६ । सबैभन्दा अग्लो स्थानमा भएको स्याङबोचे विमानस्थल व्यवस्थापन कार्य अघि नबढाउन स्थानीय सरकारले माग गरेको भन्दै खुम्जुङमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । गएको कात्तिक ३० गते लुक्लामा निर्माण गरिएको पर्यटन सूचना केन्द्रको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईसमक्ष खुम्बुपासाङल्हामु गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासील्हामु शेर्पाले स्याङबोचे…