पाँचथरको याङ्वरकमा घटना दर्ताको काम अनलाईनबाट « Image Khabar


पाँचथरको याङ्वरकमा घटना दर्ताको काम अनलाईनबाट


Imagekhabar
२६ मंसिर २०७७, शुक्रबार १३:०१

पाँचथर । पाँचथरको याङ्वरक गाउँपालिकामा घटना दर्ताको काम अनलाईन प्रणाली मार्फत गर्न थालिएको छ ।

सर्वसाधारणको काममा ढिला सुस्ति भएको गुनासो बढेपछि अनलाइन प्रविधिमार्फत व्यवस्थित गरीएको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिनुभयो ।

कागजमा रहेका घटना दर्तालाई सुरक्षित राख्न गाउँपालिकाले अनलाइन प्रविधिमार्फत काम सुरु गरेको छ ।

वडा तथा पालिकामा जन्म, विवाह, मृत्यु दर्ता, बसाईसराई, सम्बन्ध विच्छेदलगायतका घटना दर्ता अब अनलाइन प्रणालीबाटै हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यले बताउनुभयो ।

गाउँपालिकालाई पूर्ण डिजिटल गाउँपालिका बनाउने उद्देश्यले काम अगाडि बढाइएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्