प्रदेश १ मा १७५ जना संक्रमित थप « Image Khabar


प्रदेश १ मा १७५ जना संक्रमित थप


रासस
२५ मंसिर २०७७, बिहीबार १७:५८

विराटनगर, मंसिर २५ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ६० महिलासहित १७५ कोरोना सङक्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितमध्ये सुनसरीमा ६१, मोरङमा ५५, झापामा ३४, ताप्लेजुङमा पाँच, धनकुटा र सङ्खुवासभामा दुई÷दुई, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा एक÷एक तथा प्रदेश बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार ६७७ पुगेको छ भने बिहीबार ४९ जनासहित अहिलेसम्ममा २३ हजार ४५२ जना निको भएर घर फर्किसकेका छन् ।

सोही अवधिमा ९३४ जनासहित अहिलेसम्ममा एक लाख ९९ हजार १५९ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्