काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मतदान गर्नुभएको छ । उहाँले आइतबार काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्नुभएको हो। उहाँ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार समेत हुनुहुन्छ। मतदानपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री थापाले संवैधानिक व्यवस्थाभित्रको चक्र नटुटाउन आग्रह गर्नुभयो। उहाँले प्रधानमन्त्रीका लागि आफूले प्रत्यक्ष संकेत दिएको बताउनुभयो…