सिन्धुलीका कृषक बोयर बाख्रा पालनप्रति आकर्षित « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


सिन्धुलीका कृषक बोयर बाख्रा पालनप्रति आकर्षित


156
Shares

सिन्धुली । सिन्धुलीका कृषकहरू बोयर जातको बाख्रा पालनप्रति आकर्षित भएका छन् ।

चाडो फस्टाउने र व्यावसायिक रूपमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि उनीहरू बाख्रा पालन थालेका हुन् । सिन्धुलीमाडी लगायत अन्य स्थानीय तहका ग्रामीण क्षेत्रमा बोयर बाख्रापालन गर्नेको संख्या बढ्दै गएको छ । स्थानीय जातका बाख्रा भन्दा बोयर बाख्रा चाँडो फस्टाउने र आम्दानी पनि राम्रै हुने कृषकहरूको भनाइ छ ।

स्थानीय जातका खसी र बोकाको तुलनामा बोयर जातका खसी-बोकाको राम्रो उत्पादन र उत्पादकत्व हुने भएकाले साेही जातका बोकाको माग अत्यधिक बढेकाे देखिएको छ ।