सिन्धुपाल्चोक । दोलखामा बस दुर्घटना भएको छ । दोलखाबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस सुनकोशी गाउँपालिकास्थित नौ किलोमा दुर्घटना भएको हो । लामोसाघु जिरी सडक खण्डमा बा २ ख २७८९ नम्बरको बस दुर्घटना हुँदा १५ जनाभन्दा बढी मानिस घाइते भएको प्रहरीले जनाएको छ । बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अन्ुमान छ…