काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरुको महान पर्व बडा दशैं (विजया दशमी) को नवौं दिन नवकन्याहरुको पूजा गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार राष्ट्रपति पौडेलले महानवमीको शुभ अवसरमा नवकन्याहरुको पूजा गर्नुभएको हो । विजया दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौं दिन स्कन्दमाता, छैठाैं दिन कात्यायनी…