Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


बल्खुमा अवैध संरचनामाथि महानगरकाे डाेजर चल्याे


1.1k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले वडा नम्बर १४ बल्खुस्थित अव्यवस्थित टहराहरु भत्काएको छ।

महानगरपालिकाले बिहीबार बल्खुको जनविकास माध्यमिक विद्यालय आसपासमा बाढी पीडितको नाममा बनाइएका अस्थायी टहराहरू भत्काएको हो। महानगरका अनुसार यी टहराहरू सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका थिए । उनीहरुले टहरा बनाउँदा विद्यालय सञ्चालनमा समेत बाधा पुगेको थियो।

साेही घटना महानगरपालिकाको अनधिकृत संरचना हटाउने निरन्तर अभियान अन्तर्गत हो। काठमाडौंमा नक्कली सुकुम्वासीहरुले सरकारी जग्गा अतिक्रमण गरेर बस्ने क्रम झन् बढिरहेकाे छ।

Skip This