सविना अछामे, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय स्तरमा मासु उत्पादन वृद्धि गरी आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले किसानहरूलाई उन्नत जातका बङ्गुरका पाठा–पाठी वितरण गरेको छ। कोशी प्रदेश सरकारको बङ्गुर प्रवर्द्धन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका विभिन्न वडाका एक सय जना किसानलाई जेठ २९ गते ल्यान्ड्रेस, हेमसायर र ड्युरोक जातका बङ्गुरका पाठा–पाठी वितरण गरिएको हो। प्रत्येक किसानलाई एक/एक वटा…