Logo १७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026


जोर्तिघाटमा दुईमुखे झोलुङ्गे पुल (भिडियाे रिपोर्ट)


0
Shares

शुभकला राई, ओखलढुंगा । ओखलढुंगा, खोटाङ र उदयपुरको सीमानामा पर्ने सुनकोसी र दूधकोशी नदीको ऐतिहासिक संगमस्थल– जोर्तिघाट । कुनै समय यहाँ काठको डुङ्गामा ज्यानकै बाजी थापेर नदी तर्नुपर्ने स्थानीयको बाध्यता थियो । तर, अहिले यहाँ आधुनिक प्रविधिको ‘दुईमुखे’ झोलुङ्गे पुल बनेसँगै त्यो कष्टकर यात्रा सदाका लागि अन्त्य भएको छ ।

विसं २०३० को दशकतिर उदयपुर, कटारीका कौशीराज राईले यहाँ काठको डुङ्गा खियाउन सुरु गर्दा आउजाउको अर्को विकल्प थिएन । नुन, चामल र मट्टितेल बोक्ने भरिया तथा पैदल यात्रीहरूको यहाँ निकै ठूलो चाप हुन्थ्यो । समय क्रममा सडक सञ्जाल विस्तार भएपछि चहलपहल त घट्यो, तर हिउँद–बर्खाको जोखिमपूर्ण यात्राको स्थायी अन्त्य भने हुन सकेको थिएन ।