पोखरा, साउन १२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गण्डकी प्रदेशसभाको सोमबारको बैठक अवरुद्ध गरेको छ । असार २३ गते दर्ता गराएको संकल्प प्रस्ताव बैठकको कार्यसूचीमा राख्न माग गर्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो । एक घर एक पीसीआरलगायत माग राख्दै कांग्रेसले पहिलोपल्ट संकल्प प्रस्ताव दर्ता गराएको थियो । संसदमा दर्ता भएको संकल्प प्रस्ताव कार्यसूचीमा…