Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


यसकारण भयो धमिलो वर्षा

काठमाडौं, असार २ । सामान्यताः हामीले देख्दै र भोग्दै आएको परिस्थितिभन्दा फरक अनुभव गर्‍यौं भने त्यसले चकित तुल्याउँछ । शुक्रबार राति परेको पानीले पनि काठमाडौं उपत्यका र मुलुकका विभिन्न ठाउँका मानिसलाई त्यस्तै बनायो । शुक्रबार राति र शनिबार बिहान परेको पानी अरु दिनकोजस्तो सफा थिएन । पानी धमिलो थियो । धेरैले ठाने, हिलोसहितको पानी बर्सियो…