दैलेख । दुई दिनदेखि खानपिउन नपाएको जनाउँदै भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बस्नेहरुले आइत्बार साँझ गाउँपालिका घेरेका छन् । भारतबाट आएका करीब एक सय जना सो क्वारेन्टाइनमा एक हप्तादेखि बस्दै आएका छन् । क्वारेन्टाइनमा रहेका राजकुमार खत्रीले आफूहरुले खानपिन गर्न नपाएको र बस्न पनि राम्रोसँग नपाएकाले नाराबाजीसहित गाउँपालिका घेर्नुपरेको जिकिर गरे । गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले…