बुटवल, असोज १६ । प्रदेश नम्बर-५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । स्थायी राजधानी दाङको देउखुरी भालुवाङमा बनाउने प्रस्ताव प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको छ । शुक्रबार सरकारका तर्फबाट प्रदेश-५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी र नामाकरणबारे प्रस्ताव दर्ता गराउनुभएको हो । मन्त्री केसीले दाङको राप्ती…