कैलाली, कात्तिक ७ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितको संख्या ९ हजार ४८ पुगेको हो । कैलालीमा सबैभन्दा धेरै ३ हजार ४ सय ४८ जना र डोटीमा एक हजार २ सय ४३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनुभयो…