प्रकाश लिम्बुतेह्रथुम । गाउँभरी अमला, लप्सी र मेल धेरै हुँदा कुहिएर त्यसै खेर गइरहेको हुन्थ्यो । न किन्न कोही आउथ्यो, न त बिक्री र त्यसको सदुपयोग नै गर्न सकिन्थ्यो । उत्पादन भए पनि बजार नपाउँदा बर्षौंदेखि फलफूलहरू खेर गइरहेको थियो । बजारमा खरिद बिक्री नभएपछि आम्दानी हुन्छ भन्ने आश पनि मरिसकेको थियो । बारीको गह्राहरूमा…