पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले आम सञ्चारमाध्यमहरूलाई समानुपातिक विज्ञापन वितरण गर्न सरकार लागि परेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ पाँचथरको साधारण सभाको शुक्रबार उद्घाटन गर्दै मन्त्री नेम्वाङले क्लिनफिड लागू भइसकेको हुँदा अब सबै सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन वितरण हुने बताउनुभयो । उहाँले पत्रकारहरूको न्यूनतम पारिश्रमिकको कार्यान्वयनमा सरकारले दृढ रहेको स्मरण गराउँदै आम…