काठमाडौं । नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन बुधबारदेखि जनकपुरमा सुरु हुँदैछ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मधेस प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक रहेको बताउनु भएको छ । एमालेले आफ्नो प्रथम मधेस अधिवेशन सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार भन्ने मुलनाराका साथ गर्दैछ । पार्टीका हरेक सदस्यलाई…