Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


भ्रष्टाचारको छानविन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्न जेनजी युवाको माग


169
Shares

काठमाडाैं। जेनजी पुस्ताका युवाहरुको एक समूह जेनजी २.० ले भ्रष्टाचारको छानविन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेकाे छ।

साेही समूहले गत भदौ अन्तिम साताको आन्दोलनलाई संस्थागत रुप दिंदै भ्रष्टाचारका काण्डहरुको अनुसन्धान तथा आर्थिक, सामाजिक समस्याहरुको समाधानका लागि स्पष्ट राष्ट्रिय कार्ययोजना लागू गर्न माग गरेको हाे । समूहले शुक्रबार सडकबाटै सरकारलाई ज्ञापनपत्र बुझाउँदै भ्रष्टाचार सम्बन्धी सबै फाइल यथाशिघ्र खोल्न माग गरेको छ।

त्यस्तै, जेनजी २.० ले आन्दोलनका मागहरुलाई संस्थागत गर्न, स्वतन्त्र न्यायिक आयोग गठन गर्न, विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्ने कानूनी प्रक्रिया अगाडि बढाउन तथा बन्द अवस्थामा रहेका उद्योग र कलकारखानाहरू खोलेर रोजगार सिर्जना गर्ने लगायतका माग राखेको छ।

उनीहरुले कृषिमा आत्मनिर्भरता तथा निर्यातमुखी बनाउन, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिविरुद्ध छानबिन गरेर सुधार गर्न तथा राष्ट्रिय एकताको सन्देश प्रवद्र्धन गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन्।