काठमाडौं, मंसिर २६ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावमा जनतासमक्ष प्रतिबद्धता जनाएका केही परियोजनाहरु सुरु गर्न नसकेको स्वीकार गर्नुभएको छ । मेयर शाक्यले काठमाडौं महानगरपालिकाको आफ्नै भवन, चक्रपथमा मोनोरेल, तीनकुनेमा बनाउने भनिएको बुद्धपार्क, अन्तर्राष्ट्रियस्तरको मेगा हललगायतका परियोजना सुरु गर्न नसकिएको बताउनुभयो । विभिन्न विवादका कारण केही परियोजनालाई अगाडि बढाउन ढिलाइ भएको उहाँको भनाइ थियो…