महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका लागि न्याय माग्दै प्रदर्शनमा उत्रिएका ६ जना अधिकारकर्मीलाई कञ्चनपुर प्रहरीले ६ घण्टा नियन्त्रणमा लिएर छाडेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वेदकोट नगरपालिका दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न जाने क्रममा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टि–शर्ट लगाएका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा उत्रिएका…