पोखरा । गण्डकी प्रदेशका विनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले आफू नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलले मन्त्री भएको बताउनुभएको छ । मुख्यमन्त्री कार्यालयमा पत्रकारसँग पहिलोपटक बोल्दै उहाँले यस्तो बताउनुभएको हो । ‘राष्ट्रिय राजनीतिमा सरकार फेरबदलको समयदेखि नै रामचन्द्र पौडेलले मन्त्री बनाउन चाहे पनि मन्त्री हुन सकेको थिइनँ,’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारको आलोचना बढी नै हुन…