काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले आगामी प्रतिनिधिसभा चुनावमा चितवनबाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । शनिबार सुर्खेतको बिमानस्थलमा पत्रकारसँग कुरा गर्दे उहाँले पार्टीले टिकट दिए चितवनबाट चुनाव लड्ने बताउनुभयो । आफू बाहेक अरुले चितवनबाट चुनाव जित्न नसक्ने उहाँको दाबी छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे आफ्नो दलले प्रस्ट धारणा बनाइ नसकेको उपाध्यक्ष थापाले…