जुम्लामा छोरीको सुरक्षा कार्यक्रममा दुई हजार बढी समेटिए « Imagekhabar – Online News Portal of Nepal


जुम्लामा छोरीको सुरक्षा कार्यक्रममा दुई हजार बढी समेटिए


416
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रममा जुम्लाका दुई हजार दुई सय ६५ जना समेटिएका छन् ।

२०७६ साउन पछि जन्मिएका जुम्लाका छोरीहरूको बैंक खाता समेटिएको तथ्यांक सार्वजनिक गरिएको हो ।

जुम्लाका आठैवटा स्थानीय तहले यो कार्यक्रम लागू गरेका छन् । छोरीहरूको बाबुआमाले जन्मेको ४५ दिनभित्र आवश्यक कागजात पूरा गरी बैंक खाता खोल्नुपर्ने व्यवस्था रहेको छ । एक दम्पतीको दुईजना छोरीले मात्र यो कार्यक्रममा समावेश हुन पाउने प्रावधान रहेको सामाजिक विकास कार्यालय जुम्लाले जनाएको छ ।

बालविवाह न्यूनीकरण गर्न, उच्च शिक्षामा छोरीको सहज पहुँच पुर्‍याउन, आर्थिक, समाजिक, स्वास्थ्यलगायत चौतर्फी विकास गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले यो कार्यक्रमा लागू गरेको हो ।

सुरुमा एक हजार र मासिक पाँच सयका दरले २० वर्षसम्म छोरीको खातामा जम्मा एक लाख २० हजार रकम जम्मा हुने छ । कार्यक्रममा समेटिए पनि २० वर्ष नपुग्दै विवाह गरेमा भने सेवा सुविधा नपाउने प्रावधान रहेको छ ।