Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


काठमाडौं महानगरको कल सेन्टरमा गुनासो – खानेपानी, फोहोर र ढल

काठमाडौं । काठमाडौं उपत्यकाबासीले नवनिर्वाचित महानगरका जनप्रतिनिधिसँग कस्तो गुनासो राख्लान ? महानगरमा नयाँ जनप्रतिनिधि भित्रिनासाथ पहिलो बैठकले गुनासो व्यवस्थापनलाई पहिलो एजेण्डामा राखेपछि स्थापना गरिएको कल सेन्टरमा फोहोर व्यवस्थापन, खानेपानी र ढलको समस्यामै काठमाडौंबासीका मुख्य मुद्दा बन्ने गरेका छन् । महानगरले गुनासो सुन्ने तीनवटा टेलिफोनमा दैनिक ६० देखि ८० वटासम्म यस्तै गुनासो रेकर्ड गर्ने गरेको छ…