म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्डहरुमा जानका लागि बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भएपछि दुर्गम स्थानमा रहेका तातोपानी कुण्डहरु व्यवस्थित बनेका छन् । दर्मिजा गाउँको पुछारमा रघुगंगा नदीको किनारमा रहेको मुहानबाट ५० डिग्री सेिल्सयसभन्दा बढी तापक्रमको तातोपानी निस्कने गर्दछ । प्राकृतिक तातोपानीमा डुब्दा छाला सम्बन्धी रोग, चोटपटक, सुन्निने जस्ता…