Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


पोखरीमा डुबेर महिलाको मृत्यु

बैतडी । बैतडीमा एक महिलाको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–४ कैनपानीकी २३ वर्षीया भागरथी चन्द रहेकी छन् । उनको घर नजिकै रहेको सिचाँइ पोखरीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।