Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


वडा अध्यक्ष बस्ने कुर्सी सडकमा


1.2k
Shares

हेटौंडा । हेटौंडा उपमहानगर–८ का वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै स्थानीय प्रतिनिधिले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

ताला बन्दीसँगै उनीहरुले वडा अध्यक्ष श्रेष्ठ बस्ने कुर्सी सडकमा ल्याएर प्रर्दशन गरेका छन् । सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने, दिनभर काम नगरेर अन्यत्र जाने, काम गरिदिए बापत एमालेको सदस्यता लिनुपर्ने जस्ता गतिविधि गरेपछि बाध्य भएर आन्दोलित भएको नेपाली कांग्रेस हेटौंडा–८ का सभापति भुपेन्द्र कोइरालाले जानकारी दिनुभयो ।

यसअघि नै पदिय मर्यादा कायम राखेर काम गर्न र पक्षपात नगर्न सुझाव दिएपनि अटेर गरेको आन्दोलनमा उत्रिएका राजनैतिक दलको आरोप छ । उनीहरुले वडाध्यक्ष श्रेष्ठ चुनाव केन्द्रित भोट संकलन र कमाउ अभियानमा लागेको आरोप लगाएका छन् ।