स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाको कार्यपालिका सदस्यहरुले गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा ताला लगाएका छन् । गाउँपालिकाका वडा नं १, ३, ४ र ५ का वडा अध्यक्षसहित जनप्रतिनिधिका समूहले विभिन्न १२ बुँदे मागसहित अध्यक्षको कक्षमा जाने ढोकामा अनिश्चितकालीन तालाबन्दी गरेको जनाएका छन् । कार्यपालिका सदस्यहरुले नै पालिकाका अध्यक्ष घनश्याम सुवेदीको कार्यकक्षमा जाने ढोकामा बुधबार तालाबन्दी गरेका हुन्…