बझाङमा पानी घट्ट विस्थापित « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


बझाङमा पानी घट्ट विस्थापित


78
Shares

बझाङ । बझाङका दुर्गम गाउँमा मिल संचालनमा आउन थालेका छन् ।

परम्परागत शैलिमा निर्माण गरिएका पानी घट्टबाट पिठो पिस्ने गरिएकोमा मिल आएपछि सजिलो भएको हाे । विद्युत नपुगेका गाउँहरूमा पनि मिल संचालन हुन थालेका छन् । मष्टा गाउँपालिकाको सबै भन्दा विकट गाउँ दय र लटौनमा समेत मिल संचालनमा आएका छन् ।

मिल संचालनमा आएपछि निर्माण भएका पानी घट्टहरू विस्थापित हुन थालेका छन् । मिल संचालनमा आएपछि सुविधा भएको स्थानीयको भनाइ छ । गाउँमा मिल संचालनमा आएपछि पिठो पिस्न र अन्य कुटानी पिसानीको काम गर्न सहज भएको स्थानीय भरनादेवी जेठाराले बताउनुभयाे ।

मिल सञ्चालनमा आएपछि समयको बचत र गृहिणी महिलाहरूको घरासयसी काममा समेत सजिलो भएको छ ।