सुदूरपश्चि प्रदेश सचिवालय जुट्याे प्रदेश सभाको तयारीमा « Imagekhabar – Online News Portal of Nepal
१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023


सुदूरपश्चि प्रदेश सचिवालय जुट्याे प्रदेश सभाको तयारीमा


117
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सभा सचिवालय नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको स्वागतको तयारीमा जुटेका छन् ।

प्रदेशमा ६ दलले राष्ट्रिय दलको मान्यता पाउने भएपछि तिनीहरूलाई संसदीय दलकाे कार्यालयको व्यवस्थापन, प्रदेश सभा बैठक हलको व्यवस्थापन तथा सभा सञ्चालनका लागि आवश्यक तयारीमा प्रदेश सचिवालय जुटेको हो । सचिवालयका सचिव देवबहादुर बोगटीले कार्यालय व्यवस्थापन, रंगरोगन र कुर्सी व्यवस्थापन लगायतका काम भईरहेको बताउनुभयो । त्यस्तै, अघिल्लो सभाका सांसदहरूले प्रयोग गरेका माइकहरू हटाएर नयाँ माइक र नयाँ टेबल पनि राखिएको छ।

२०७४ सालमा जिल्ला समन्वय समिति कैलालीको भवनमा प्रदेश सभा सचिवालयको कार्यालय बनाइएको थियो । जिल्ला समन्वय समितिले व्यापारिक परियोजनाका लागि बनाएको भवनमा संसदीय दल र विषयगत समितिको कार्यालय व्यवस्थापन गरिएको थियो । अहिले धनगढी उपमहानगरपालिकाले सडक विस्तार गर्ने क्रममा सो भवनको केही भाग हटाउनुपरेपछि सचिवालयलाई व्यवस्थापन गर्न चुनौती देखिएको छ ।

त्यस्तै प्रदेश सभाले अघिल्लो सांसदहरूले प्रयोग गरेका माइकहरू हटाएर नयाँ सांसदहरूलाई नयाँ माइक राखिएको छ । नयाँ सांसदहरूलाई नयाँ माइक मात्रै होइन उनीहरुको लागि नयाँ टेबल पनि राखिएको छ । पुराना टेबल अहिले थन्काइएको छ । प्रदेशसभा सदस्यको लागि मात्र होइन सभामुख र सचिव बस्ने स्थानलाई पनि चिटिक्क पारिंदै छ ।

युएनडिपीको आर्थिक सहयोगमा सञ्चालित संसद सहयोग परियोजना मार्फत सुदूरपश्चिम प्रदेश सभामा धमाधम व्यवस्थापनको कामहरू भइरहेको हो । युएनडिपीले अघिल्लो पटक लगानी गरेर तयार गरेका उपकरणहरू हटाएर फेरी त्यहि उपकरणका लागि आर्थिक सहयोग गरेको छ । पुरानो माइकहरू हटाएर ३२ वटा नयाँ माइकहरू राखिएका छन् ।

साथै रोष्ट्रममा २ वटा, सभामुखको स्थानमा २ वटा र प्रदेश सभा सदस्यहरूको स्थानमा २८ वटा माइकल जडान गरिसकिएकाे छ ।