Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


बेनी–पाखापानी सडक स्तरोन्नति हुँदै

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–पाखापानी सडक स्तरोन्नतिको काम शुुरु भएको छ । बेनी नगरपालिका–९ किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा कालोपत्र थालिएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालयले चार किलोमिटर लामो यो सडक स्तरोन्नति शुुरु गरेको जनाइएको छ…