डि.शर्मा म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल गराउन मिडियाकाे भूमिकाकाे विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा बेनीमा भएकाे अन्तरक्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी बनाउने सत्य-तथ्य समाचार सामग्री सम्प्रेषण गराउन संचारकर्मीलाई ध्यानाकर्षण गराउनुभएकाे हो । साेही…