बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले पहिरोको ज्योखिम क्षेत्रमा रहेका घरहरुको बीमा गर्ने भएको छ । उपमहानगरपालिकाको विपद् ब्यवस्थापन समितिको बैठकले जोखिम क्षेत्रमा रहेका घरहरुको पहिचान गर्ने र बीमा गर्ने निणर्य गरेको हो । बुटवलको मिलनपथ, ज्योतिनगर र पाखापानी क्षेत्रमा रहेका रहेका घरहरुको तथ्याङ्क संकलन गरेर बीमा गर्ने योजना बनाएको उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले जानकारी दिनुभयो…