काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको छ । शनिबार दिउँसाे राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेता पौडेलले संविधानको अक्षर र भावनालाई अक्षरस पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको हो…