काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा कम्पनीहरुको संख्या धेरै भएको बताउनु भएको छ । बीमा कम्पनीको ५५औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै धेरै बीमा कम्पनीहरुलाई लाइसेन्स दिने नीति गलत भएको बताउनुभयो । बीमा क्षेत्र प्रतिष्पर्धी, परिणाममुखी र स्वस्थ हुन जरुरी रहेको भन्दै महतले अब कोर्ष करेक्शन जरुरी रहेको बताउनुभयो । सरकारले बीमालाई उच्च प्राथमिकता दिएको र…