काठमाडौं । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । शुक्रबार गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले बजेट प्रस्तुत गर्नुभएको हो । सरकारले ल्याएको बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात कुल विनियोजित बजेटको ३८.१ प्रतिशत विनियोजन भएको छ ।…