काठमाडौं । नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जडिबुटीको उत्पादनमा जोड दिइ विदेश निर्यातका लागि सहज बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधवार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथग्रहण गरेसँगै सिंहदरबारमा पदभार ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुहिए जाने काठहरुलाई अब व्यवस्थित गर्ने कुरामा विशेष ध्यान दिने पनि…