काठमाडौं । काठमाडौंका व्यापारिक कम्प्लेक्सलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन दिन उच्च अदालत पाटनले आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले व्यापारिक कम्प्लेक्सले ग्राहकसँग पार्किङ शुल्क उठाउन नपाउने कानूनी व्यवस्था गरेकोमा व्यवसायीले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश राजेन्द्र खरेलको इजलासले सोमबार काठमाडौं महानगरपालिकासँग लिखित जवाफ माग गरेको हो । अदालतले साउन ३० गतेसम्म व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङ…