धादिङ । नेकपा एमाले धादिङ जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । धादिङ क्षेत्र नम्बर २ को उम्मेदवार छनोटमा विभेद भएको आरोप लगाउँदै एमाले कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् । एमाले केन्द्रीय सचिवालयले संविधानसभा सदस्यसमेत रहेका नेता धनबहादुर घलेलाई उम्मेदवार सिफारिस गरेको थियो । तर सोमबार उक्त निर्णय उल्ट्याउँदै घलेको नाम हटाएर चन्द्र रिजाललाई टिकट…