काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै वर्गका नागरिकलाई प्रभाव र दबाबरहित सहभागी हुने वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ। निर्वाचन आयोगले मंगलबार सरकारसँग निर्वाचन तयारीकाे बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। निर्वाचनमा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, गर्भवती तथा सुत्केरी महिला, अशक्तलगायत सबै…