Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


डडेलधुरामा महिला मृत फेला, एक चालक पक्राउ


832
Shares

काठमाडौं । डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका–४ मा सरिता गिरी मृत अवस्थामा फेला परेकी छन्।

घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय डडेलधुराका सवारी चालक यज्ञ साउदलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार मृतक गिरीले मृत्युअघि सामाजिक सञ्जालमा साउदसँगको सम्बन्ध झल्किने सामग्री राखेकी थिइन्। सोही आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन्।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।