काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सोमबार मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो । सर्वोच्च अदालतको परमादेशपछि एमाले संसदीय दलका नेता कार्की गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री कार्कीले आफ्नै दल एमालेका थप चार जनालाई मन्त्री नियुक्त गर्न लाग्नुभएको हो…