Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


सर्लाहीको मलंगवामा चार दिनदेखि जारी कर्फ्यू दिउँसोको समयमा हट्यो, राति भने जारी


364
Shares

सर्लाही । सर्लाहीको मलंगवामा चार दिनदेखि जारी कर्फ्यू दिउँसोको समयमा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सोमबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसोको कर्फ्यू हटाउने र राति ८ बजेदेखि बिहान ४ बजेसम्म मात्र कर्फ्यू कायम राख्ने निर्णय गरेको छ । सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साबिक मलंगवा नगरक्षेत्र भित्र भेला हुन, जुलुस गर्न, बैठक वा प्रदर्शन गर्न, पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको छ ।

असोज ४ गते बेलुकी दुई पक्षबीच झडप भएपछि अप्रिय घटना हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले साबिकको मलंगवा नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाएको थियो । सामाजिक संजालमा सामाजिक सद्भाव बिगार्ने खालका हल्ला एवम् अफवाह फैलाउने व्यक्तिहरुको पहिचान गरी साइवर अपराधको अभियोगमा कानून बमोजिम कारवाही गर्ने समेत सुरक्षा समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।