काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाली नागरिकले थाहा पाउने गरी नेपालको नक्शाबारे धारणा राख्न सुझाव दिएको छ । आईतबार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाउनुभएको बैठकमा पार्टीको तर्फबाट सहभागी हुनुभएका नेता डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई नेपाली जनताले थाहा पाउने गरी नक्शाको बारेमा चीनसँग देशको तर्फबाछ धारणा राख्न सुझाव दिएको…